बेलायतमा लिलामीमा राखिएको सुनको डल्लो किन भएन बिक्री ?

बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डल्लो लिलामीका लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्लो भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुन भएको पत्ता लागेको थियो ।

उक्त सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड तोकिएको छ ।

तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन,  यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमूल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close