ठूला होटल ६ महिना बन्द गर्ने, १२ प्रतिशत तलब लिन नमान्ने कर्मचारी बर्खास्त गर्ने तयारी

ला होटलहरु ६ महिना बन्द हुने भएका छन् । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो ।

संघको हिजो बसेको बैठकले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो ।

यसमा अलफ्ट, ¥याडिसन, अन्नपूर्ण लगायतका होटलका सञ्चालकहरु पनि सहमति छ ।

गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशत लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो ।

सो निर्णय सार्वजनिक भएको दोस्रो दिनमै व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२ दशमलव ५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय गरेको छ ।

संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।

सहमतिअनुसार असोजसम्म कर्मचारीलाई आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत दिइनेछ ।

सेवा शुल्क उपलब्ध गराउने होटलले सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराउनेछन् ।

आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत तलब लिन नमान्नेलाई जागिरबाट निकाल्ने सहमतिमा उल्लेख छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close