सेभ द चिल्ड्रेनले सरकारलाई दियो १ हजार ७ सय ४३ सेट पिपिई

काठमाडौं – सेभ द चिल्ड्रेनले सरकारलाई कोभिड-१९ को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।

‘सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्नेछ। त्यसकारण, यो सहायताले सुदृढ स्वास्थ्य सेवा र कोभिड–१९ को संक्रमण नियन्त्रणमा सघाउनेमा म विश्वस्त छु’ मन्त्री ढकालले भने।

सेभ द चिल्ड्रेनले उपलब्ध गराएका पिपिई सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन्।

‘हाम्रो प्राथमिकता कोभिड-१९ को संक्रमण फैलिनबाट रोक्नका लागि सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको छ। नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशिल रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको छ,’ सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन्।

सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायता प्राप्त परियोजनाहरुबाट संघीय, प्रादेशिक र स्थानीय सरकार मार्फत् कोभिड-१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ।

यसका साथै, सेभ द चिल्ड्रेन थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को खरिद प्रक्रियामा पनि रहेको बताइएको छ। सेभ द चिल्ड्रेनले आफ्ना नियमित कार्यक्रमहरु र ग्लोबल फण्ड परियोजना मार्फत् संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँगको सहकार्यमा मेडिकल र अन्य सामग्रीहरु प्रदान गरिरहेको छ । जसमा क्वारेन्टाइन केन्द्रहरु बनाउन सहयोग गर्ने, स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु उपलब्ध गराउने, स्वाब संकलनका बारेमा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मीहरुका लागि सहायक सामग्रीहरु जस्तै इन्फ्रारेड थर्मोमिटर, एन-९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसिजी मेसिन लगायत उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close