गाउँपालिका बाहिरबाट गाइभैसी खरिद गर्ने किसानलाई ५ हजारको ढुवानी अनुदान

गुराँस गाउँपालिका दैलेखले गाउँपालिका बाहिरबाट गाइ भैंसी खरिद गरी ल्याउने किसानलाई ढुवानी अनुदान दिने भएको छ । गाउँपालिकाका किसानलाई व्यावसायीक र आत्म निर्भर बनाउने उद्देश्यले गाउँपालिकाले ढुवानी र भकारो सुधारका लागि अनुदान दिने भएको हो ।
गुराँस गाउँपालिका वडा नं. ६ पिलाडीमा रहेको शुनगाभा साना किसान कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको सुनगाभा दुग्ध चिस्यान केन्द्रको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गाउँपालिका बाहिरबाट खरिद गरी ल्याएका गाइ भैसीं ढुवानी र भकारा सुधारमा स्थानीय किसानलाई पाँच हजार अनुदान दिने बताउनु भयो । उहाँले कृषी पशुपालनमा आत्मनिर्भर हुने समय आएको भन्दै गाउँपालिका बाहिरबाट उन्नत जातका गाइ भैसी खरिदमा अनुदान दिने घोषणा गर्नु भएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय र गुराँस गाउँपालिका दैलेखको सयुक्त लगानीमा करिव ३१ लाखको लागतमा चिस्यान केन्द्र तयार भएको हो । चिस्यान केन्द्र निर्माण भएसँगै यस क्षेत्रबाट उत्पादि दुधलाई बजारीकरण गर्नमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close