भारतमा अहिलेसम्मकै धेरै संक्रमित थपिए, बन्यो नयाँ रेकर्ड

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना संक्रमण अहिलेसम्म् विश्वका २१३ वटा देशहरुमा पुगिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ७६ हजार ४९७ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ६६ हजार ७२९ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ९ लाख ३३ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसका कारण भारतमा ३५ हजार ७८६ जनाको मृत्यु भएको छ भने १६ लाख ३९ हजार ३५० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ५९ हजार ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जना स्वास्थ्योपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बिहीवार आजसम्मबै धेरै कोरोना संक्रमित थपिएका छन् ।

चारतमा एकैदिन ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् भने ७८३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close