जिल्ला प्रहरी कार्यालय चितवनले १ करोड रुपैयाँ बढी मूल्यको हीरा र सुनका गरगहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बहुमूल्य गरगहनाको अवैध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति १ बजे डब्ल्यूबी १२एभी ५५६६ भारतीय नम्बरको लेक्जोन कम्पनीको कारमा सवारहरूबाट उक्त रकम बराबरको गरगहना बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा कार चालक भारतको उत्तर प्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने ४२ वर्षका विनोद प्रसाद, कारमा सवार पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता ५१ वर्षका गणपत कुमार तोसावर र सोही स्थानका नरेश बर्मा छन्।