कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभामा पहिलो गैरसरकारी विधेयकका रुपमा ‘सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ ।

जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा विधेयक दर्ता गराउनुभएको हो । प्रदेश सभामा दर्ता भएको यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासको क्रममा पहिलो पटक दर्ता भएको दाबी गरिएको छ ।

व्यक्तिगत रुपमा तयारी गरेर गैरसरकारी विधेयकको रुपमा दर्ता भएको यो विधेयक खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसे ढुङ्गाको रुपमा रहने अपेक्षा सांसद भण्डारीले बताउनुभयो ।

उहाँले सिञ्जा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक, तथा पर्यटकीय पूर्वाधारहरूको विकास गर्न विधेयकको आवश्यकता रहेकाले दर्ता गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close