जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्ने: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका जनप्रतिनिधिलेनै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको बताउँदै विधानमा ब्यवस्था भए अनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित मासिक बैठक बस्नु पर्ने आवश्यकता ओैल्याए ।
जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिंगो पार्टीपंति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने,झ शनिबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ञअनि निर्वाचित भइसकेपछि पार्टी, पार्टीपंति र कार्यकर्तालाई भूल्ने परिपाटीको अन्त्य हुन जरूरी छ ।
उपसभापति खड्काले पार्टी विधानले व्यवस्था गरे अनुसार नियमित बैठकहरू बसेर जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताए । निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ, उनले भने, यसले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिन्ह बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्वता जनाए । स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा मतदातासँग मत माग्न जाँदा हामीले जेजे कुराहरू बोलेका थियौं, ती सबै कुरा पाँच वर्षभित्र पूरा गरेर छोड्छौं, उनले भने, निर्वाचनका बेला गरिएका बाचा अनुसार भइरहेका कामहरूका बारेमा पार्टी नेता तथा कार्यकर्ताहरूले जनताकोबीचमा जानकारी गराउन आवश्यक छ ।
उपसभापति खड्काले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्ने बताए । महासमिति बैठकबाट प्राप्त सुझावलाई केन्द्रीय समितिको बैठकले पारित गरेपछि पुस्तकको रूप दिएर देशभरका पार्टी कार्यकर्ताको हातहातमा पुर्याउँछौं, उनले भने, महासमिति बैठकको सुझावका आधारमा टोलदेखि केन्द्रसम्म संगठन सुदृढीकरण र पार्टी पुननिर्माणको अभियान सुरू गर्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close