जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन

जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ । यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ । ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ ।

उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ  । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close