मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज फर्कँदै

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कँदै हुनुहुन्छ । बिहीबार साँझ नेपाल आउनुभएको नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रम शक्तिका बारेमा छलफल गरेका थिए ।
साथै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने र श्रमिकको हक हितका लागि अनुकूल वातावरण निर्माण गर्नेबारेमा छलफल भएको थियो ।
नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिनुभयो । मलेसियन सरकारले कामदार अनुकूलको नीति निर्माण गरिरहेको उनले जानकारी दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close