जनगणनामा सही विवरण टिपाउन कर्णालीवासीलाई मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनामा सही विवरण टिपाउन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ ।

तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले घर–घरमा आउने गणकलाई सही विवरण टिपाउन उहाँले आग्रह गर्नुभयाे । जनगणनामा अपनत्व लिएर गणकलाई सहयोग गर्न उहाँकाे अपिल छ ।

बिहीबारदेखि सुरु भएको राष्ट्रिय जनगणना २०७८ कर्णालीमा मुख्यमन्त्री शाहीले टिपाएपछि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close