वैशाख ७ देखि सुर्खेतमा नेपाल–यूरोपियन युनियन चलचित्र महोत्सव हुने

वैशाख ७ र ८ गते सुर्खेतमा नेपाल–यूरोपियन युनियन चलचित्र महोत्सव हुने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बैशाख वैशाख ७ र ८ गते मध्यपश्चिम विश्वविद्यालयको हल कुइनेपानीमा फिल्म फेस्टिवल महोत्सव आयोजना हुने भएको छ ।

नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले नेपाल–यूरोपियन युनियन फिल्म फेस्टिभल ९नियुफ० तेस्रो पटक सुर्खेतमा आयोजना हुने महोत्सवमा ७ वटा लघुनेपाली चलचित्र र ६ वटा युरोपेली चलचित्र प्रदर्शन गरिने छ । महोत्सवमा वैशाख ८ गते विहान ११ः२० देखि २ः३० बजेसम्म चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने छ भने ७ गते बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभीनेद्वारा नेपाल–युरोपियन युनियनको दौत्यसम्बन्ध र विकास सहकार्यवारे विश्वविद्यालयमा व्याख्यान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यो वर्षको चलचित्र महोत्सव यूरोपियन युनियन–नेपाल दौत्यसम्वन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा यूरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव भन्ने मूल नारा रहेको छ । युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसंग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित भएको नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभानेले बताईन ।

समग्रमा महोत्सवमा ९ वटा युरोपियन र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो जन्नमा २२ वटा लघुचलचित्र समावेश भएका थिए । ती ५२ मध्येबाट १२ वटा लघुचलचित्र महोत्सवका मागि छनौट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close