कर्णालीमा थप १९ जनामा संक्रमण, दैलेखमा समुदाय स्तरमा संक्रमण

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दैलेख अस्पताल प्रयोगशाला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शुक्रबार १९ जनामा संक्रमण पुष्टि भएको हो ।
दैलेखमा ११ जना, जुम्लामा ६ जना र सल्यानका २ जनामा संक्रमण देखिएको छ ।
 यता दैलेखमा एकजना पत्रकारसहित ११ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितहरु ११ जना नै नारायण नगरपालिकाका स्थानीय रहेका छन् । दैलेखमा भने समुदायस्तरमा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
सुर्खेत वीरेन्द्रनगरमा निषेधाज्ञा हट्ने, स्वास्थ्य र सुरक्षाको मापदण्ड कायमै 
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा भोली शनिवारबाट हटाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस कोभिड १९ को महामारी समुदाय स्तरमा फैलन थालेपछि गएको भाद्र १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार भाद्र १२ गतेबाट केही शर्त सहित व्यापार व्यावसाय सूचारु हुनेछ ।
भाद्र १३ गते देखि विहान ५ बजेबाट साँझ ७ बजे सम्म बजार खुला गरिने त्यसपछि पूर्णरुपमा बन्द गर्नुपर्ने त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अतिआवश्यक सवारी साधनहरु बाहेक अन्यमा जोरविजोर प्रणाली लागु तथा साँझ ७ बजे पछि निजी तथा सार्वजनिक सावरी पूर्णहरुमा बन्द हुनेछन ।
त्यस्तै सबैखालका भेला जुलुस सभा गोष्ठी सेमिनार पूर्णरुपमा बन्द गरिएको छ प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close