समाजसेवी शाहद्वारा १ करोडको स्वास्थ सामग्री हस्तान्तरण

सुर्खेत, ९ जेठ । जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले प्रदेश अस्पतालसहित कर्णालीका जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरुका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । शुक्रबार एक कार्यक्रमवीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिट रलगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्री दिइएको छ भने कर्णाली प्रदेशका अन्य १० जिल्लाका अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको समाजसेवी शाहले बताउनुभयो ।


पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीको कोरोनाका चुनौती बीच पनि केही राहत भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो । कर्णालीमा कोरोनाका बिरामी एक जना भेटिएको भएपनी भारतबाट आएका नागरिकका कारण चुनौती थपिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका ८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिक कर्णालीमा आउन खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close