सुर्खेती आकाशमा पुन सञ्चालनमा आयो प्याराग्लाइडिङ

सुर्खेत ३० जेठ। प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा चर्चा कमाएको शहर हो पोखरा । प्याराग्लाइडिङको मज्जा लिन सयौं पर्यटक पोखरा पुग्ने गर्छन् । साहसिक पर्यटनमा पर्यटकहरूको मन जित्ने ठाउँको रूपमा पनि पोखरा चर्चामा छ । त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्छ ।

तर प्याराग्लाइडिङको मज्जा लिन पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य गर्न सोमबार देखि पुन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै सञ्चालनमा आएको छ । निजी क्षेत्रले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले प्याराग्लाइडिङ सेवालाइ नियमित गर्ने गृहकार्य थालेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियत सहितको सेवालाइ निरन्तरता दिन लागिएको छ । माघमा सञ्चालनको अनुमती पाएको वेलकम प्याराग्लाइडिङ प्रा.लि. केही समय प्राबिधिक कारणले रोकिए पनि सोमबारदेखि पुन सञ्चालन आएको छ । वीरेन्द्रनगर वडा न १४ को गढीदेखी वीरेन्द्रनगरको वडा नम्बर १ को देउती थानसम्म उडान गर्ने अनुमति पाएको छ ।

नीजि पर्यटन कम्पनीले वेलकमले टिकट बुकिङ खुला गरेको घोषणा गरेको छ । कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमण गर्न सकिने छ । हाल प्रा.लीले २०७९ असार सम्म बिशेष अफरहरु समेत उपलब्ध गराएको सञ्चालक सानु बाबु सुनुवारले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close