सुदूरपश्चिमबाट नेपाल प्रवेश गर्यो पश्चिमी वायु, दिनभर वर्षा हुने

आज देशभर साधारणतया बदली रहने र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात हुने अधिक सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको  छ ।

पश्चिमी वायु गएराती नै सुदूरपश्चिमबाट प्रवेश गरेको हो । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सोमबारबाट भने मौसम क्रमशः खुल्नेछ ।

29Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close