नेकपाको आजको सचिवालय बैठक धुम्बाराहिमा बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

यसअघिका पार्टी बैठकहरू प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको भए पनि आजको सचिवालय दिउँसो एक बजे धुम्बाराहीमा बस्ने भएको हो ।

यसअघि मंसिर १३ को सचिवालय बैठकले आजको बैठक धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । आजको बैठकमा ओली र प्रचण्डले पेश गरेका प्रस्तावमाथि छलफल हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close