सुर्खेतमा ‘र्‍यापिड टेस्ट’

कर्णली प्रदेशमा कोराना भाईरस (कोभिड–१९) को ¥यापिड टेष्ट शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुप भट्टचनको नेतृत्वमा , डा. खगेन्द्र प्रसाद बराल र जनस्वास्थ्य अधिकृत उत्तम कोइराला गरी ३ सदस्यीय टोलीलाई सामाग्री सहित सुर्खेत पठाएको हो । टोलीले ल्याएका ५ हजार थान ¥यापिट टेष्टका लागी आवश्यक सामाग्री आजै कर्णाली प्रदेशका सामाजीक विकास मन्त्री दल रावललाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले हस्तान्तरण गर्नु भएको हो । अब ¥यापिट टेष्टलाई तिब्रता दिइने डा. खगेन्द्र प्रसाद बरालले जानकारी दिनुभयो ।

अब संभावित जोखीम भएको ठाउमै चेकजाच गर्न सकिने र परिक्षणको नतिजा पनि छिटो प्राप्त गर्न सकिने भएकाले भौगोलिक रुपमा विकट कर्णालीमा प्रभाकारी हुने सामाजीक विकास मन्त्रालयको विश्वास छ ।

हाल संघीय सरकारले पठाएको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन पर्ने वाध्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close