राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित ९ जना पक्राउ

नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । उनिहरूलाई मकवानपुर,काठमाडौँ लगायत विभिन्न स्थानबाट पक्राउ गरिएको नेपाल प्रहरी प्रवक्ता कुवेर कडठायतले जानकारी दिनुभयो ।

प्रहरीले गत भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको  जनाएको छ । ग्याल्जोमले जातीय द्वेष फैलाउने गरी गीत गाएर युट्युबमा राखेका थिए ।

उनको गीतमा बाहुन र क्षेत्रीलाई देशबाट निकाल्ने सम्मको शब्द समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close