बाबियाचौरमा फुटबल प्रतियोगिता हुदै

कमल कुमार न्यौपाने
असोज १२, सुर्खेत । कार्तिक १ गतेबाट बाबियाचौरमा फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बाबियाचौर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । बाबियाचौर स्पोट्स क्लबले पछिल्ला केही बर्षमा कोभिडका कारण खेलकुल सबै क्रियाकलाप बन्द गरेको थियो । यो खेलबाट नयाँ प्रतिभा भएका खेलाडीहरु उत्पादन हुने अपेक्षा राखिएको छ । बाबियाचौर स्पोट्स  क्लबबाट खेल्ले खेलाडी नेपाली राष्ट्रिय टोलीको बिभिन्न उमेर समुहमा पर्न सफल समेत भएका छन् । प्रतियोगिताका लागि हाल ग्राउण्ड सफा गर्न तथा खेलाडीलाई टेडिङ दिने काम भईरहेको छ । सो प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाउने बाबियाचौर स्पोट्स क्लबका कप्तान कृष्ण रावलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close