“ महामारी नियन्त्रणमा गाउँपालिकाको मात्रै जिम्मेवारी हो भन्ने सोच बदल्नुपर्छं” अध्यक्षः ओली

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट दैलेखको गुराँस गाउँपालिकामा पनि असर पुुगेको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि गाउँपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा गाउँपालिका अध्यक्ष खेमराज वलीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
कोभिडको प्रभाव गाउँपालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागि कस्तो प्रयास गर्नुभएकाे छ ?
कोभिड १८ को दोश्रो लहरबाट हाम्रो गाउँपालिकामा पनि निकै असर पुगेको छ । यसको असरबाट बच्नलाई पहिलो चरणमा हामीले रानिमत्ता र तल्लो ढुंगेश्वरमा हेल्पठेक्सको स्थापना गरेका थियौं । जहाँ भारत लगायत तेस्रो मुलुकबाट आउने र अन्य क्षेत्रबाट आउने नागरिकको चेकजाच एवम कोरोना सम्बन्धि सुचना सम्प्रेषण गरेका छौं । गाउँपालिकाका सवै नागरिकहरुलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिना साथ सजग रहन आग्रह गरौं । कोहि नागरिकलाई ज्वरो आएको छ या त महामारीसँग मिल्दा लक्षण देखिनासाथ चेकजाक गर्नका लागि गाउँपालिकाबाट सुचना समेत जारी गरौं । गाउँपालिकाका सवै वडाहरुबाट जटिल समस्या भएका बाहेक अन्यले खानपिनमा विशेष ध्यान दिनुुभयो ।
हाम्रो स्वास्थ्य संस्था एवम गाउँपालिकामा नै सम्पर्कमा आएका तथा कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिहरुलाई एन्टिजेन्ट तथा पिसिआर गरेर परिक्षण गरेका छौं । हाल त्यस्तो समस्या भएका र सम्पर्कमा आएका ८ सय बढि नागरिकहरुको परिक्षण गरेका छौं । पोजेटिभ कतिपय व्यक्तिहरु होम आइसुुलेशनमा वस्नुभयो । घरमा बस्न समस्या भएका व्यक्तिहरुलाई पालिकाले व्यवस्थापन गरेको कोभिड अस्पताल रानिमत्तामा ल्याएर थप उपचार र हेरचाह गरौं । अलि जटिल समस्या भएका विरामीहरुलाई पालिकाको तर्फबाट निशुल्क एम्बुलेन्स सेवा दिएर थप उपचारका लागि पठायौं ।
संक्रमितको उपचार व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
हाल गाउँपालिकाले ५ शयौको अस्थायी कोभिड अस्पताल बनाएको छ । यो अस्पताल पूर्वाधारको हिसावले त्यति व्यवस्थित देखिदैन, तर हामीले दोस्रो भेरियन्ट आए देखि अतिआवश्यक वस्तुहरु जेनेरेटर, अक्सिजन, स्वास्थ्य सामग्रीहरु लगायत व्यवस्थापन मिलाएका छौं ।
सामान्य कोरोनाका लक्षण भएका व्यक्तिहरु घरमा नै होम आइसोलेशनमा वस्नुभएको छ । जटिल समस्या भएका र घरमा समेत वस्न नमिल्ने अवस्था रहेका व्यक्तिहरुलाई मेहेलकुना अस्पतालसँगको सहकार्यमा मेहेलकुनाको खैरेनीमा रहेको वहुउद्देश्यीय हलमा २५ वेडको आइसोलेशन वेड तयार गरेका छौं । होम आइसोलेशनमा वस्दै गर्दा अफ्ठ्यारो भएकाहरुलाई त्यस आइसोलेशनमा राख्ने गरिएको छ । जसमा मेहेलकुना अस्पतालका मेडिकल अफिसरले नेतृत्व गर्नु भएको छ भने स्वास्थ्य शाखाबाट समेत कर्मचारीहरु खटिनु भएको छ ।
गाउँपालिकामा अक्सिजनको अभाव छ कि छैन   ?
हामीकोमा संक्रमित विरामीको धेरै चाप भएन । संक्रमणको एक समयमा दैनिक ८ देखि १० जनासम्म विरामीहरु आउनुभयो । कतिपय जटिल लक्षण देखिएका व्यक्तिका लागि अक्सिजन अतिआवश्यक हो । अक्सिजनको अभाव भए पछि इलेक्ट्रिक कन्सेन्टरबाट पनि काम चलाएका छौं । धेरै जटिल समस्याका संक्रमितहरु पनि नभएकाले अक्सिजनको समस्या त भएन ।
जिल्लामा निषेधाज्ञा छ, गाउँपालिकामा त यसको प्रभाव पर्ने नै भयो, नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ?
हाम्रो गाउँपालिकाका सचेत नागरिकहरुले निषेधाज्ञाको पालना गर्नु भएको छ । अतिआवश्यक कामको शिलसिलामा घर छोडेर अन्यत्र जानुपर्दा जनप्रतिनीधि तथा प्रशासनसँग समन्वय गर्नु भएको छ । हालसम्म नागरिकस्तरबाट कोभिड नियन्त्रणका लागि भएको निषेधाज्ञाको उचित पालना गर्नु भएको छ ।
कोरोना नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले के कस्तो सहयोग प्राप्त भएकाे छ ?
प्रदेश र संघबाट जोखिम न्युनिकरणका लागि आर्थिक सहायता माग गरेका थियौं । तर हामीलाई आवश्यकता अनुसार सहयोग हुन सकेन । दैलेखमा रहेको स्वास्थ्य सेवा कार्यालयले आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको थियो ।
जोखिम न्युनिकरण गर्नमा गाउँपालिकामा आवश्यक वजेटको अवस्था के छ ?
गत बर्ष कोरोकोको क्षेत्रमा बजेट थिएन । विपदको घडीमा पालिकाको तर्फबाट अतिआवश्यक काम गर्नै पर्ने वाध्यात्मक अवस्था भएर बजेट रकमान्तर गरेर करिव १ करोड ६ लाख गतबर्ष खर्च गरेका थियौं । यो बर्ष कोभिडको संक्रमण पुन बढ्ला भन्ने कुनै अनुमान थिएन, तर हामी अवस्था आएमा केहि गर्न पर्छ भन्ने तयारी अवस्थामा थियौं । यो बर्ष हामीले त्यति धेरै खर्च गरेका छैनौं । यो बर्ष धेरै व्यवस्थित तरिकाले काम गरेका छौं । स्वास्थ्य सामग्री लगायत विरामीको उपचारमा करिव १५ लाख जति खर्च भएको छ । हामीलाई विभिन्न गैरसरकारी संघसंस्थाहरुले सहायता गर्नु भएको छ । विभिन्न संस्थाहरुबाट करिव १२ लाख बराबरको स्वास्थ्य सामग्री आएको छ, त्यसैले पनि गाउँपालिकाको रकम यस पटक खर्च भएको छैन ।
कोरोना महामारीका कारण गाउँपालिकाका कामहरुमा कस्तो प्रभाव परेको छ ?
गत बर्ष त निकै असर पुगेको थियो, त्यसको असर अहिले पनि छ । यस बर्ष पनि निषेधाज्ञाका कारण विकास निर्माण ढिलै भएको छ । यो असर मसान्तसम्म सवैजसो योजनाहरु सम्पन्न हुन्छन् ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
कोभिड नियन्त्रणका लागि सवैतहका सरकारहरु सयुक्त रुपमा लाग्नुपर्छ । प्रदेश र सघं सरकारले यो महामारीको जिम्मेवारी स्थानीय तह मात्र हो भन्ने सोच बदल्नु पर्छ । पालिकाहरुलाई कोभिड संक्रमण जस्ता महामारीसँग जुध्नका लागि बलियो बनाउन पूर्वाधार निर्माणमा प्रदेश र संघले विशेष सहयोग गर्नु पर्छ ।
प्रस्तुतिः मानबहादुर वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close