कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या

कैलालीमा छोराले बन्चरो प्रहारगरि आमाको हत्या गरेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का ७१ वर्षीया लगनीदेवी थरुनीको हत्या भएको हो ।
बन्चरो प्रहारबाट गम्भीर घाईते भएकी थरुनीलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो ।
लम्कीमा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनका छोरा ४० वर्षीया श्रीराम थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट आमालाई बन्चरो प्रहार गरेर श्रीरामले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close