११ सय बढ्यो सुनको भाउ

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो।

यो सँगै सुनको मूल्य बिहीबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढको छ। बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको बिहीबारको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close