आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै

आठ दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन आज दिउँसो बैठक बस्न लागेको हो ।
बैठक संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो ।
नयाँ गठबन्धनले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेत रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । राष्ट्रपतिको निर्वाचनसगैँ बदलिएको सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दल रहेको छ ।
यसअघि सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने सरकारबाट बाहिरिएको छ । राप्रपाको आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठले संघिय सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close