प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली वालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुग्नुभएको छ ।
राष्ट्रपति निर्वाचन र गृहमन्त्रीका विषयमा छलफल गर्न अध्यक्ष ओली वालुवाटार पुग्नुभएको हो ।
वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँग छलफल गर्नका लागि बुधबार बिहान ओली वालुवाटार पुग्नुभएको थियो ।
पछिल्लो समय सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनका विषयमा मत विभाजन भएको छ ।
नागरिकता विवादमा गृहमन्त्रीबाट पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन पद बहालीको माग गर्दै आएका छन् ।
उनले तत्कालीन गठबन्धन निर्माण हुँदै गर्दा गृहमन्त्रालय आफूहरुको भागमा परेकाले गृहमन्त्रालय पुन आफूहरुले नै पाउनु पर्ने माग राखिरहेका हुन् ।
उनले गृहमन्त्रालयमा फर्किनका लागि नेकपा एमाले अध्यक्ष ओलीसँग बारम्बार सहयोग मागिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने फैसलाको आदेशको पूर्णपाठ सर्वोच्चमार्फत नआएसम्म गृहमन्त्रालय आँफै राख्ने बताउँदै आउनु भएको छ ।
उता रास्वपाले भने गृहमन्त्रालय नदिए प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close