श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
गुराँस गाउँपालिका ८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।
श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिनु भयो ।
विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै मृत्यु भएको पाइएको छ लम्सालले भन्नुभयो ।
स्थानीयवासीका अनुसार विगत केही दिनदेखि श्रीमान् र श्रीमति बीचमा विवाद हुँदै आएको थियो । सोही विवाद बढ्दै गएपछि कृष्णबहादुरले श्रीमती पार्वतीलाई कुटपिट गरेका थिए ।
गत मंसिरमा मात्रै उनिहरुको परिवारले विवाह गराई दिएका थिए ।
प्रहरीका अनुसार दुवैजना शारीरिका रुपमा अशक्त थिए । श्रीमान् कान सुन्न नसक्ने र श्रीमती पनि शारीरिक रुपमा अशक्त रहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भै रहेको छ, डीएसपी लम्सालले भन्नुभयो ।
कृष्णबहादुर सुन्न नसक्ने भएकाले अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।
शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको र केटीको परिवारले जाहेरी दिने तयारी गरेको डीएसपी लम्सालले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close