हुम्लाकी १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरमार्फत् उद्धार

हुम्लाकी १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरमार्फत् उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ ।
हुुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकली कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।
सोमबार दिउँसोदेखि प्रसव पीडा भएपनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
सुर्खेत विमानस्थलसम्म हेलिकोप्टरमा ल्याइएकी उनको त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो तर २ बजे अस्पताल पुर्‍याउँदा शिशुकोे मृत्यु भइसकेको थियो ।
जुनकलीले तीन केजी २०० ग्रामको मृत छोरालाई जन्म दिएकी थिइन् । अहिले सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close