नगर भित्र कोभिड संक्रमण महिलामा बढि छ : प्रमुख प्रशासकीय अधिकृत वस्नेत

कर्णाली प्रदेशको राजधानी प्रवेश गर्ने प्रमुख नाकामा रहेको भेरीगगगा नगरपालिकामा पनि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट निकै प्रभावित भएको छ । कोरोना भाइरसबाट उत्पन्न संकट समाधानमा नगरपालिकाले नियन्त्रणका विभिन्न उपायहरु अबलम्बन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि भएको निषेधाज्ञाले नगरपालिकाका विकास निर्माणका कामहरुलाई निकै प्रभाव पारेको छ । नगरपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि नगरपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।
कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले के गरिरहेको छ ? नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ ? यिनै विषयमा गुराँस खबर डटकमका प्रधानसम्पादक रमेशकुमार पाण्डेले भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत वस्नेतसँग गरिएको कुराकानी ।
कोभिडको प्रभाव नगरपालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागि कस्तो प्रयास गरिरहेको छ ?
कोभिडले विश्वलाइ नै आक्रान्त बनाएको अवस्थामा हाम्रो भेरीगंगा नगरपालिका पनि अछुतो रहन सकेन । भेरीगंगा नगरपालिका कर्णाली प्रदेशको राजधानीको प्रमुख प्रवेशद्धार हो । भारत तथा तेस्रो मुलुकबाट भित्रिने हरेक व्यक्ति यही मार्गबाट कर्णालीमा भित्रनु भयो । हाम्रो नगरपालिकाका कोभिड फैलिनुका महत्वपूर्ण जोखिम नाका नै हो ।
कोभिडको दोस्रो भेरिन्ट आए सँगै सवै क्षेत्रमा सतर्कता अपानाएका छौं । संक्रमण दिनप्रतिदिन बढ्दै जादा रोकथाम र नियन्त्रणका उपाहरु पनि अपनायौं । भेरीगंगाको राताचौरमा २३ वेडको कोभिड अस्थायी अस्पताल बनायौं । त्यसमा एक जना डाक्टर, एक जना स्टाफ नर्स लगायत विद्यालय नर्सहरु परिहचालन गरेका छौं । स्वास्थ्य शाखाका कर्मचारी पनि खटिनुभयो । विरामीहरुको चेकजाँच गर्ने, आवश्यक औषधीको व्यवस्थापन गरेका छौं । जटिल समस्या भएकालाई अक्सिजनको व्यवस्थापन गरेका छौं ।
सरकारले जारी गरेको निषेधाज्ञा कार्यन्वयनमा विषेश ध्यान दिएका छौं । मानिसहरुको भिडभाड नियन्त्रणसँगै कोरोनाका लक्षण देखिएका मानिसहरुको परिक्षणको व्यवस्था मिलाएका छौं । शूरुको अवस्थामा संक्रमणको दर निकै उच्च थियो तर अहिले निकै कम भएको छ ।
१ हजार ४ सय ६६ जना मध्ये ८ सय ६६ एन्टिजेन्ट विधि र ५ सय ८० पिसीआर गरेका छौं । त्यसमध्ये ७ सय ६० जनामा पोजेटिभ आएको थियो । महिला ४ सय १२ र पुरुष ३ सय ४८ जनामा देखिएको छ । पोजेटिभ मध्ये ६ सय ३१ जना निको भएर जानुभएको छ । नगरपालिकामा कोभिडको उच्च जोखिममा महिलाहरु देखिएका छन् । कोरोना कै कारण १४ जना नगरवासीको ज्यान गएको छ, जसमध्ये ९ जना महिला हुनुहुन्छ भने ५ जना पुरुष हुनुहुन्छ । हाल राताचौरमा रहेको अस्थायी अस्पतालमा एक जना विरामीको मात्र उपचार भएको छ ।

देशभर नै अक्सिजनले समस्या बनायो, यस नगरपालिकामा अक्सिजनको अभाव छ कि छैन  ?
विरामीको अवस्था हेरी हामीले सेवा दिइ रहेका छौं । कोभिड अस्थायी अस्पताल यहाँ नहुन्जेल जटिल विरामी प्रदेश अस्पतालमा जानुभयो । नगरपालिकाले नै अस्थायी अस्पताल बनाए पनि जटिल समस्या परेका बाहेर अन्य विरामी यही वस्नुभयो । होम आइसुलेशनमा वस्नुभएको विरामीसँग नी निरन्तर सम्पर्क भइ रह्यो । पछिल्लो समय हामीलाई अक्सिजनको धेरै समस्या भएन । नेपालगञ्जसँगको समन्वय निरन्तर भइरहेकोले अक्सिजनको समस्या छैन ।
पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण नगरपालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?
हामीले संक्रमणको लक्षण देखिएका विरामीहरुलाई एन्टिजेन्ट परीक्षण गरौं । एन्टिजेन्ट परिक्षण नेगेटिभ भएका तर लक्षण भएका विरामीहरुको पिसीआर परिक्षण पनि गरौं । पिसीआर रिपोर्ट आउन केहि समय लाग्ने हुदा समस्या हुने गरेको छ ।
प्रदेश अस्पताललाई परिक्षणमा सहज होस भनी हामीले केहि किटहरु समेत अस्पताललाई सहयोग गरेका छौं । अर्को तिर हामीले संक्रमितलाई छिटो छरितो उपचार होस भनी दुइ वटा एम्वुलेन्स सञ्चालनमा ल्याएका छौं । विरामीहरुलाई अस्पताल जादाँ र आउदा ती एम्बुलेन्स निशुल्क प्रयोग गर्न पाउनु भएको छ ।
संक्रमितलाई नगरपालिकाले केहि थप सेवा दिएको छ ?
विरामीहरुलाई हामीले थप सहयोग पनि गरेका छौं । हरेक विरामीलाई एक क्यारेड अण्डा, माक्स, सेनिटाइजर लगायत दिएका छौं । अर्को तिर जटिल समस्या भएका संक्रमितले थप उपचारका लागि हाम्रो अस्पतालबाट अन्य अस्पतालमा विरामी लिएर जादाँ औषधी उपचारमा सहयोग होस् भनी प्रति विरामी ५ हजार दिएका छौं ।
कोरोना नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले के कस्तो सहयोग गर्नु भएको छ ?
कोभिड नियन्त्रणमा प्रदेश सरकारबाट हाम्रा नागरिकको उपचारमा प्रदेश अस्पतालबाट सेवा लिएका छौं । त्यसै गरी संघ मध्येबाट जनस्वास्थ्य कार्यालयले समेत हामीलाई विभिन्न समयमा कोरोना परिक्षणका लागि स्वास्थ्य सामग्रीहरु सहयोग गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयले हप्तामा एक पटक कोभिड नियन्त्रण र रोकथामका लागि जुम मिटिङ्गबाट हाम्रा समस्या सुनिदिनुहुन्छ, समाधानमा सहहजीकरण पनि गर्नु भएको छ ।
विज्ञहरुले कोरोनाको अर्को भेरियन्ट पनि आउदै छ भनेका छन्, नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
यसमा दुइ किसिमले हेर्नु पर्ने हुन्छ, कतिपय कोभिडसँग मिल्ने लक्षण भएका विरामीहरु निको भैहाल्ला भनी परिक्षणमा ढिला गर्नु भएको छ । अहिले पनि तपाइहरु कसैलाई रोगको लक्षण छ भने नजिकका स्वास्थ्य संस्थाहरुमा परिक्षण भइरहेको छ । यदि तपाइलाइ नजिकको स्वास्थ्य संस्थासँग परिक्षण गर्न मन नलागे सवैको पायक पर्ने ठाउँमा अस्थायी कोभिड अस्पताल छ, त्यहाँ नि परिक्षण भइरहेको छ । यदि समयैमा तपाइले परिक्षण गराउनुभयो भने समयमै औषधि उपचार हुन्छ । यदि रिपोर्ट पोजेटिभ छ भने घरका अन्य व्यक्तिहरुबाट अलग्गै वस्नुहोस, केहि दिनमा निको हुन्छ अनि घर परिवारसँग घुलमिल हुनुहोस ।
जहाँ विकास निर्माणका कामहरु कोरोना संक्रमणको दर कम भएसँगै सुचारु भएका छन्, त्यहाँ स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुहोस । व्यक्तिगत सरसफाइ र सुरक्षा सामग्री प्रयोग गर्नुहोस । कोरोनाबाट आफु बच्नुहोस अनि अरुलाइ बचाउनुहोस । सवैभन्दा ठुलो सावधानी हो, सावधानी अपनाएर काम गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close