मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झडप हुदा २ विद्यार्थी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा प्रहरी र विद्यार्थी बीच झडप हुँदा दुइ जना विद्यार्थी घाइते भएका छन । ‘रिटेक’ परीक्षा दिन पाउनु पर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । साझ ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास फायर गर्नुका साथै लाठीचार्ज गरेको थियो । इन्जिनियरिङ संकायका विद्यार्थीहरु रोशन बस्नेत र तर्कराज शाही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उपकुलपति सहितका पदाधिकारीलाई कार्यालयबाट बाहिर निस्किन नदिएपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा दुई विद्यार्थी घाइते भएका हुन । दिनभर गेटमा धर्नामा गरेर बसेका विद्यार्थीलाई प्रहरीले बल प्रयोग गरेर हटाउन खोज्दा विद्यार्थी तोडफोडमा निस्किएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो ।
यता विद्यार्थीहरुले ‘रिटेक’ परीक्षा कायम राख्नुपर्ने लगायतका माग राखी बिहान ११ बजेदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्नामा बसेका थिए । उनीहरुले उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहलाई ज्ञापनपत्र दिन खोजेका र उपकुलपतिले ज्ञापनपत्र बुझ्न नमानेपछि समस्या उत्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close