जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यू

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । ७३ वर्षीय गिरीलाई १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोरोनासँगै अन्य जटिल समस्या समेत रहेका उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उनको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

उनी जनकपुरको मिल्स एरियास्थित रामा होटलका सञ्चालकसमेत हुन् । गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो ।

गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । उनी नेपाल परिवार नियोजन संघ धनुषाको २५ वर्षसम्म अध्यक्ष रहेका थिए ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरीको दुवै छोरा डाक्टर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close