अबैध रूपमा ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा  

सुर्खेत, ९ जेठ । लकडाउनका बेला खाद्यान्‍न ढुवानीको नाममा बुटवलबाट सुर्खेत ल्याउदै गरेको भोला नाम गरेको गुट्खा प्रहरीले सुब्बाकुना चेकपोस्ट बाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ३ ख ६९२१ नम्बरको ट्रकमा श्रीराम टोबाको उधोग बुटवलबाट कोशेली जनरल स्टोर सुर्खेतका नाममा गुट्खा आएको थियो । कोशेली जनरल स्टोरका सचालक शिबराम अधिकारी हुन ।

खाद्यान्‍न ढुवानीको नाममा प्रतिबन्द गरिएको गुट्खा प्रहरीले नियन्त्रणमा लिएपनी सार्बजनिक गरेको छैन । बिहीवार बरामद गरिएको गुट्खा एक सय बोरा रहेको श्रीराम टोबा उधोग बुटवलबाट जारी गरिएको बिलमा उल्लेख गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउनमा अखाद्य वस्तु ओसारपसारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएपनी बरामद गरिएको एक सय बोरा गुट्खा मात्र नियन्त्रणमा लिएर अखाद्य वस्तु ओसारपसारमा सम्लग्न सबैलाई छोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close