इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र विकास बोर्डले सुनसरीको इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी  मेरो कथा मेरो चलचित्र कार्यशाला आयोजना गर्ने भएको छ ।

आगामी वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्ष मुनिका १५ जना बालबालिकाहरु सहभागी  हुनेछन्  ।

कार्यशाला संयोजक समेत रहेका बोर्ड सदस्य एवं प्रवक्ता  केएल बुढाथोकीका अनुसार  बोर्डले बालबालिकाहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा  शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना सुरु गरेको छ । सोही परियोजना अन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक  बालबालिकाहरूले लघु चलचित्र निर्माण गर्नुपर्नेछ ।

इटहरीमा सञ्चालन हुने कार्यशालामा सहभागिताका लागि  बोर्डले शुक्रबार आफ्नो वेबसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको बोर्ड सचिवालय  अधिकृत एवं कार्यशाला व्यवस्थापक निर्मला चौलागाईंले बताइन् । अधिकृत चौलागाईंका अनुसार कार्यशालामा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेबसाइटमा राखिएको आवेदन फाराम भरी [email protected] मा पठाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close