तनावग्रस्त बालसुधार गृह प्रहरीको नियन्त्रणमा, फरार २५ कैदीबन्दी पक्राउ

बाँकेको बालसुधार गृहबाट झडपकै क्रममा फरार भएका २५ जना बाल कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई  आज मध्यान्ह सम्म तनावग्रस्त बनेको बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहको माहोल शान्त बनेको छ। सुरक्षाफौजको अथक प्रयास पछि त्यहाँको अवस्था शान्त भएको बाँके प्रहरीले जानकारी दिएको छ।

गए राति देखिनै माहौल शान्त पार्ने धेरै प्रयास असफल भए पनि आज मध्याह्नमा मात्रै तनावग्रस्त बालसुधार गृहलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिन सफल बनेको हो।

लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्युसँगै १० जना घाइते भएका हुन् । घाइतेहरू मध्ये १ जनाको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ भने उनीहरूको नेपालगन्ज मेडिकल नेपालगन्जमा उपचार भइरहेको छ।

प्रहरी श्रोतका अनुसार  लागूऔषध सेवन गर्ने  कैदीबन्दीले नगर्नेलाई हेप्ने ,पिट्ने क्रममा प्रतिकारमा उत्रेका दुई समुहबीचको सामान्य झगडा ठुलो  झडपमा परिणत भएको हो।

झडपका क्रममामा अपहरण तथा बलात्कार मुद्दामा बालसुधार गृहमा रहेका रुपन्देहीस्थित कन्चन गाउँपालिकाका  सजाय सुलभ केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बालसुधार गृहबाट फरार भएका सबैलाई नियन्त्रणमा लिएको बताए पनि अझै फरार रहेको बताइएको छ। प्रहरीले अहिले सबै कैदीबन्दीहरुलाई बाहिर निकालेर गणना सुरु गरिरहेको बाँके प्रहरीले जनाएको छ। गणना सकिएपछि मात्रै यकिन पत्ता लाग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close