अमेरिकामा बढ्न थाले मृतक, बुधवार साँढे दुई महिना यताकै धेरैको मृत्यु

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५३ हजार ८४० जनाको मृत्यु भएको छ भने ४५ लाख ६८ हजार ३७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २२ लाख ४५ हजार ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २१ लाख ६९ हजार १५३ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै १८ हजार ८५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ८ हजार ९०९ जनाको मृत्यु भएको छ भने ४ लाख ८७ हजार ४७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ४ लाख ५१ हजार ४२३ जनालाई संक्रमण भएको छ भने ६ हजार ३३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूयोर्कमा ३२ हजार ७३४ जनाको मृत्यु भएको छ भने ४ लाख ४२ हजार ६० जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार ६६ हजार ९२१ जना संक्रमित थपिएका छन् भने १ हजार ४८५ जनाको मृत्यु भएको छ । यो संख्या साँढे दुई महिना यताकै धेरै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close