कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापाको कनकाई नगरपालिका–३ मा कारले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। कारको ठक्करबाट स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारीको मृत्यु भएको हो।
गएराति बा १८ च २२४७ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close