भारतमा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाइने

भारतमा आइतबार कोरोना खोपको ‘ड्राइ रन’ सुरु भएको छ । यसैबीच शनिबार गूर तेग बहादुर अस्पतालमा ड्राई रनको अनुगमनका लागि पुगेका केन्द्रीय स्वास्थ मन्त्री डाक्टर हर्षबर्द्धनले देशका प्रत्येक नागरिकलाई निशुल्क रुपमा खोप लगाउने घोषणा गरेका छन् । प्राथमिकताको आधारमा पहिलो चरणमा तीन करोड मानिसलाई खोप लगाउने योजना पनि उनले सार्वजनिक गरेका छन् । यस सूचीमा एक करोड स्वास्थकर्मी र दुुई करोड फ्रन्टलाईन कमदार छन् ।

त्यसैगरी दोस्रो चरणमा जुलाईसम्म २७ करोड मानिसहरुलाई खोप लगाउने तयारी भारतले गरेको छ । भारतको केन्द्रीय औषधी मानक नियन्त्रण संगठन (सिडिएससिओ) अन्तर्गतको विषय विशेषज्ञ समिति (एसईसी) ले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिनका लागि सरकार समक्ष सिफारिस गरेको छ ।

पुनेस्थित सिरम इन्स्टिच्युटले भारतमा यो खोपको उत्पादन र वितरण गर्नेगरी एस्ट्राजेनेकासँग सम्झौता गरिसकेको छ । देशको औषधी महानियन्त्रक संस्था (डिसिजीआई) ले चाडैं यसको प्रयोगका लागि अनुमति प्रदान गर्नसक्छ ।

ड्राई रन के हो ?
यसक्रममा प्रत्येक राज्य र केन्द्र शासित प्रदेशअन्तर्गतका १ सय १६ जिल्लाका २ सय ५९ स्थानमा  खोप लगाउने रिहर्सल गरिदैंछ । अर्थात्, खोप लगाइनेछैन तर अन्य सबै प्रक्रिया पूरा गरिनेछ । खोपलाई सुरक्षित भण्डारण गर्ने, सुरक्षित रुपमा यसको प्रयोग गर्नेलगायत तयारीहरुको परीक्षण गरिँदैछ ।

मानिसहरुलाई उत्कृष्ट तरिकाले कसरी खोप लगाउन सकिन्छ भनेर परीक्षण गर्नका लागि ड्राइ रन आयोजना गरिएको हो । यसका लागि खोप लगाउने व्यक्तिहरुको पाखुरासम्म सांकेतिक रुपमा खोप पुु¥याइनेछ, तर लगाइनेछैन । भारत सरकारले ठूलो संख्यामा स्वास्थकर्मी र प्रशासनिक कर्मचारीहरुलाई खोप प्रक्रियाका विषयमा प्रशिक्षण दिइसकेको छ र त्यस प्रशिक्षण कत्तिको फलदायी रह्यो भनेर जाँच्न यो परीक्षण गर्न लागिएको हो । सारमा, खोप लगाउने प्रक्रियामा कुनै पनि कमजोरी नदेखियोस् भन्नेका लागि अहिले रिहर्सल गरिएको हो ।

यस प्रक्रियापछि भारतको औषधी नियामक संस्थाबाट खोपले स्विकृति पाउनसाथ ठूलो जनसंख्यामा खोप लगाउने काम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close