जनप्रतिनिधि र कर्मचारीसँग अभिमुखिकरण

सुर्खेत,१३ माघ । पञ्चपुरी नगरपालिकाका दृष्टिविहीन नागरिकहरुको अवस्था र सवालको विषयमा जनप्रतिनिधि तथा कर्मचारीसँग अभिमुखिकरण गरिएको छ ।
एनएबि डिएबी सुर्खेत परियोजनाको आयोजनामा सुर्खेत नेत्रहीन संघको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा दृष्टिविहिन नागरिकहरुले स्थानीय निकायबाट उनीहरुको जीवन यापनमा सहजीकरणका लागि के कस्तो प्रयास हुने गरेका छन् भन्ने विषयमा समेत छलफल गरिएको छ । कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, नेत्रहीन संघ सुर्खेत जिल्लाका अध्यक्ष तोरण अधिकारीको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्थानीय निकायबाट गर्न सकिने सहयोग तथा समन्वयको बारेमा समेत छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा एनएबि डिएबी सुर्खेत परियोजना संयोजक रविन्द्रकुमार चन्दले प्रशिक्षण तथा कार्यक्रमको बारेमा सहजीकरण गरेका थिए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले दृष्टिबिहीन नागरिकको आयआर्जन र दिगो बिकासका लागि नगरपालिकाले साझेदारी गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
उनले यस अघि पनि नगरपालिकाले समुदायमा अपाङ्गता भएका नागरिकहरुका लागि काम गर्दै आएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close