पञ्चपुरीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता हुँदै

कमल कुमार न्यौपाने
माघ ९ सुर्खेत
पञ्चपुरी नगर खेलकुद बिकास समितिको आयोजनामा पञ्चपुरीको वडा नम्बर २ पलैटेमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित पञ्चपुरी नगरपालिकाको सहयोगमा माघ १६ गते देखि वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रत्येक बर्ष नियमित रुपमा सञ्चालन हुँदै आएको मेयरकप कोभिडका कारण केही बर्ष रोकिएको मेयरकप बिगत २ बर्ष देखि निरन्तर हुँदै आएको पञ्चपुरी खेलकुद समितिका संयोजक कृष्ण रावलले जानकारी दिनुभएको छ । पञ्चपुरी नगरपालिका अन्तरगतका वडाका टिमहरुले प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

रावलका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५० हजार प्रमाणपत्र र मेडल तथा दोस्रो हुनेले नगद २५ हजार प्रमाणपत्र र मेडल पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिने वडाका टिमले माघ १४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close