सुर्खेतमा रिङ्ग रेस्लिङ हुने

दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त वीरेन्द्रनगरमा हुने भएको छ । सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी ७२ औँ मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको रिङ रेस्लिङ विभागको आयोजनामा प्रतियोगिता आगामी जेठ १३ गते हुन लागेको हो ।

प्रतियोगितामा महिला र पुरुष गरी विभिन्न क्याटोगरीमा प्रतिस्पर्धा हुने एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले जानकारी दिए । उनका अनुसार लाइट वेटतर्फ सिजे वल्र्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ ।

महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोका बिच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् ।

यो सँगै नुवाकोटे टाइगर र किङ रोर्वोटको हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ । प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् ।

सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ । जेठ १३ गते शनिवारबाट सुरु हुने प्रतियोगिताले कर्णाली प्रदेशवासी खेल प्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुने आयोजकले विश्वास लिएको छ ।

प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले विश्वास लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close