कुमार कार्कीको‘सम्झेर माईतीको आँगन’ (भिडियो सहित)

तिज गित ‘सम्झेर माईतीको आँगन’ बजारमा आएको छ । कुमार कार्की को रचना तथा कविराज गिरी को संगित रहेको श्रीनाथ फिल्मस् को ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारी हरुको महान पर्व तिज, बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समय संगै तिज को मर्म संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कुमार कार्कीले बताएका छन् । उक्त गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ ।

गितको शब्द ले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा चड्किलो पन भन्दा पनी मौलिकता लाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलले बताएका छन् । यस गितमा नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने सहनृत्य–निर्देशन पवन कुमार योगी ले गरेका छन् । गितको छायांकन तथा सम्पादनको कार्य सुर्खेतमै भएको हो । यस गितको छायांकन अर्जुन सापकोटाले गरेका हुन भने सम्पादन तथा कलर गे्रडिङ्ग निर्देशक निर्मल प्याकुरेल ले नै गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close