ग्लोबल आईएमई र जनता बैंक मर्जरसँगै एकीकृत कारोबार सुरु

unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ग्लोबल आईएमई र जनता बैंक मर्जरसँगै एकीकृत कारोबार सुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार बिग मर्जरको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

शुक्रबार बिहान भएको कार्यक्रममा मन्त्री खतिवडाले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणासँगै एकीकृत कारोबार सुरु भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई आपसमा गाभ्ने नीति लिएसँगै ‘क’ वर्गका यी दुई बैंक आपसमा गाभिएका हुन् । दुई वाणिज्य बैंक गाभिएपछि अब ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।

दुईवटा बैंक गाभिएसँगै ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । ग्लोबल आईएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो ।

मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ । तीन सय शाखा र २५९ एटीएम रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कुल ग्राहक संख्या पनि २० लाख नाघ्नेछन् ।

जनतासँग मर्जअघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मिसाइसकेको छ । यस्तै, जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् ।

मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री एकीकृत बैंकको सीईओ र ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close