चितवनमा ‘परदेशी- २’

फिल्म ‘परदेशी –२’ युनिट यतिबेला चितवन पुगेको छ । सुटिङका लागि अघिल्लो दिन पाल्पा पुगेको निर्माण युनिट बाँकीको छायाँकन सकाउन चितवन पुगेको हो । केही दिनको चितवन छायाँकनपछि निर्माण युनिट जनकपुरतिर लाग्ने निर्माण युनिटले जनाएको छ ।

लामो समय अमेरिका बसेर फर्किएकी अभिनेत्री बर्षा शिवाकोटीले फिल्मको सुटिङ सुरु गरेकी छन् । उनले बिहिबार चितवन पुगेर फिल्मको सुटिङ ज्वाइन गरेकी हुन् । नारायण रायमाझीको निर्देशन रहेको फिल्ममा दीलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, बर्षा शिवाकोटी नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लूलगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

रमेश विजीको कथा, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण रहेको फिल्मको छायाँकन गत चैत्रमा कोरोनाको कारण रोकिएको थियो । फिल्मले विभिन्न कारणले विदेशीने नेपालीको कथा बिषयबस्तुका रुपमा उठाउन खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close