नगर प्रमुखले आफ्नो पाँच वर्षको पारिश्रमिकबाट अक्षयकोष स्थापना

सुर्खेत । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नगर प्रमुख बनेका वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पाँच वर्षे कार्यकाल अन्तिम चरणमा छ । सुवेदीको पाँच वर्षे कार्यकाल यही वैशाख ३० गतेबाट सकिदै छ । पाँच वर्षे कार्यकालमा विवादरहित काम गरेका नगर प्रमुख सुवेदीले आफ्नोे कार्यकालमा राज्यबाट प्राप्त गरेको तलव भत्ता वापतको रकम विपन्न वर्गका लागि खर्चिने बताउनु भएको छ । सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु तेह्र लाख पचास हजार रुपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने बताउनु भएका हो।

गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना सुबेदीले गर्नु भएको छ । समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close