गायक तथा स्वास्थ्यकर्मी न्यौपाने पाेषण अभियनमा

कालिकाेट जिल्लाकाे पलाँता गाउँपालिका २ मिजुबाडा मा २०५२ सालमा आमा रामरुपा जैसी र स्व बुवा जय प्रसाद जैसीकाे कान्छो सुपुत्रका रुपमा जन्मीएका गायक तथा स्वास्थ्यकर्मी  बिनाेद कुमार न्यौपाने पछिल्लो समयमा  पाेषण अभियान्ताकाे रुपमा पनि परिचित भएका छन् ।

गायक न्यौपाने सानैदेखि संगितमा हुरुक्कै हुने भएता पनि संगितकाे यात्रा भने  २०७२ साल देखि सुरु गरेका हुन् । कालिकाेटको मान्ममा रहेकाे रेडियाे नयाँ कर्णालीमा २०६६ सालमा पहिलाे पटक गित गाउदा आफुलाई उत्साहित बनाएकाे उनी बताउँछन् ।  त्यसैगरी  नेपालगंजमा हेल्थ साईन्स (हेल्थ असिस्टेन्ट)पढदै गर्दा  रेडियाे कृष्णसारबाट कार्यक्रम “म यस्ताे गित गाउछु” बाट उनी संगित प्रति  बढि मोहित भएर संगितकाे यात्रा सुरु गरेकाे बताउछन ।

न्यौपाने २०७४ साल देखि हालसम्म  पलाँता गाउँपालिका स्वास्थ्य शाखामा  स्वास्थ्य सह संयाेजक काे रुपमा कार्यरत छन ।न्यौपानेले हालसम्म १ दर्जन भन्दा बढि गीत गाईसकेका छन् जसमा ३ वटा स्वास्थ्य संदेश गीत रहेका छन उनकाे पहिलाे स्वास्थ्य संदेश कुपाेषण घटाऔं बाेलकाे गीत हो  जसले कर्णाली सुदुर तथा देशमा रहेकाे बालबालिका  तथा अामा  कुपाेषण हुने दरलाई समेत घटाएकाे डाक्टर तथा स्वास्थ्यकर्मीहरुकाे भनाई छ ।

उनकाे पहिलाे गित “सम्झना आउछ” त्यसैगरी उनकाे घरि घरि नामकाे र्याप पप गीत पनि बजारमा ल्याएका थिए ।आफु गायक तथा स्वास्थ्यकर्मी भएकाे नाताले बर्सेनि स्वास्थ्ययसंग सम्बन्धित गीत गाउने गरेको उनले बताए ।

हालसालै २ वटा स्वास्थ्य संदेश म्युजिक भिडियाे बजारमा ल्याउन अन्तिम चरणमा रहेकाे न्याैपानेले बताए । आमा सुरक्षा गीत र स्वास्थ्य प्रबर्दन गीत  अब  अंग्रेजी र नेपाली दुबै माध्यायामबाट बजारमा ल्याउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close