डा खतिवडाको आध्यात्मिक गीतको किताब प्रकाशित

विं.सं. २०५३ मा नातिकाजीको स्वर र सङ्गीतमा मनमा काँडा बिझेपछि बोलको गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा उदाएका डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतको किताब हालै प्रकाशित भएको छ ।

यसमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवन मृत्युको विषयमा लेखिएको छ । यस कृतिमा १०६ वटा भजनहरू रहेका छन् । ११५ पृष्ठमा किताब तयार भएको छ । पचास वटा भजन आशा भोश्ले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानु लगायत गायक गायिकाहरू ले गाएका छन् । क्लासिकल र सेमी क्लासिकलमा कतिपय भजन गाइएका छन् ।

भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ । निराशावादी नभई कन अधिकांश भजनहरू आशा र उत्साह जगाउने किसिमका छन् । मृत्युलाई पनि उत्सवको रूपमा चित्रण गरेर पनि भजनहरू लेखिएका छन् । जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरू पनि छन् । अध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरू छन् । यसमा मानिसहरूलाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरू पनि समेटिएका छन् । गीतकार स्वयं प्रकाशक रहेको भजन सङ्ग्रहको मूल्य रु २०० रहेको छ । आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन सङ्ग्रह गीतकार खतिवडाको पहिलो भजन सङ्ग्रह हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close