पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदणडको सजाय

लाहोर : पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदणडको सजाय सुनाइएको छ ।मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी यूएईको दुबईमा उपचार गराइरहेका छन् ।

केही दिनपहिला दुबईबाटै उनले एक भिडियो सार्वजनिक गरेका थिए । उनले भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । भिडियोमार्फत उनले जाँच आयोगसँग आफ्नो स्वास्थ्य अवस्था  बुझ‍्‍न आग्रह गरेका थिए ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दाको बारेमा बोल्दै उनले भनेका थिए, ‘यो मुद्दा मेरो विचारमा पूर्ण रूपमा निराधार छ । देश द्रोहको कुरा छोडौं, मैले यो देशको धेरै सेवा गरेको छु । युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।’

गम्भीर देहद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले २८ नोमेम्बर मा परवेजलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइए थियो। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close