राष्ट्रपतिद्वारा कर्णाली सहित तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।

कात्तिक २२ गतेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रदेश १ मा परशुराम खापुङ्ग, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साेही दिनकाे मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले प्रदेश १ बाट सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशबाट गोविन्दप्रसाद कनौली र सुदूरपश्चिम प्रदेशबाट गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close