चौंथो दिन नेपालले थप चार स्वर्ण जितेको छ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को चौंथो दिन नेपालले थप चार स्वर्ण जितेको छ ।

साइक्लिङमा नेपालले ऐतिहासिक दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

यसै स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् । सागको साइक्लिङमा नेपाल यसअघि स्वर्ण जित्न सकेको थिएन ।

कराँतेमा बुधबार नेपालले थप दुई स्वर्ण जितेको छ । उसुमा बुधबार दीपक हमालले थाउलो स्वर्ण जिते । १९ दशमलव ३२ अंक जोड्दै हमालले स्वर्ण जित्दा भारतका साजन लामाले १९ दशमलव १२ अंक मात्रै जोडे ।

बुधर नै भएको अर्को इभेन्टमा नेपालका अनुपमा मगरले स्वर्ण जितिन् । कराँतेमा ६८ केजी माथिको तौल समूहमा मगरले स्वर्ण जितिन् । उनले पाकिस्तानका नार्गिसलाई ६–३ अकंले पराजित गरेकी हुन् । पाकिस्तानी खेलाडी एसियन काँस्य पदक विजेता हुन् । यो सँगै नेपालको स्वर्ण संख्या २५ पुगेको छ ।

अहिलेसम्म नेपालको स्वर्ण संख्या २७ पुगेको छ भने जम्मा पदकमा समेत नेपालले अग्रता लिएको छ । स्वर्ण, रजत र काँस्य गरी नेपालले ५५ पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close