न त हिउँले रोक्यो न त चिसोले नै काग्रेसको शक्ति प्रर्दशन

  हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा नेपाली कांग्रेसल शक्ति प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाम सिमकोटमा जताततै हिउँले सेताम्मे रहेको छ। बाटोमा केहि फीटसम्म हिउँ परेको छ। यति हुँदा हुँदै पनि हुम्ला काँग्रेसले वर्तमान सरकारले गरेका जनविरोधी गतिविधिका विरूद्ध  बिरोध सभा सहितको शक्ति प्रदर्शन गरेरै छोड्यो ।

काँग्रेसको प्रदर्शनलाई न त हिउँले रोक्यो न त चिसोले नै । मंगलबार दिउँसो साँढे १२ बजे सिमकोटको काली चोकमा रहेको नेपाली काँग्रेसको पाटी कार्यालयबाट शुरु भएको बिरोध प्रदर्शन सिमकोट बजार परिक्रमा गरी मानसरोवर बहुमुखि क्याम्पसको प्रांगणमा सभामा परिणत भएको थियो ।

दुईतिहाइ बहुमतको प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेको कांग्रेसले कार्यक्रम मार्फत तीनै तहमा देखिएका सरकारका कमजोरीलाई सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जीवन बहादुर शाहीले प्रहरी प्रशासन मात्र नभइ न्याय क्षेत्र पनि नेकपाको इसारामा चलेको बताए। जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमिताविरुद्ध प्रहरी प्रशासन र कार्यालय प्रमुखहरुले समेत नेकपाको इसारामा चलेर जनतालाई विभेद गरिरहेको हुदा त्यसको हुम्ली जनताले सशक्त प्रतिकार गर्ने  केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शाहीले बताए ।

जिल्लामा स्थानिय प्रशासन र सरकारी कार्यालय प्रमुखहरुबाट यस्तै ज्यादती हुदै जाने हो भने नेपाली कांग्रेस र हुम्ली जनता त्यसको प्रतिकार गर्न तयार रहेको चेतावनी सिमकोटमा कांग्रेसले आयोजना गरेको विरोध सभामा कांग्रेसका नेताहरुले दिएका हुन । प्रहरी प्रशासन मात्र होइन न्याय क्षेत्र पनि नेकपाको इसारामा चल्न थालेपछि अब जनताले कसरि सुशासन र न्यायको प्रत्याभुति गर्ने? पूर्वमन्त्री शाहीले भने ।

जिल्लामा भइरहेका सबै खोले विकृति विसंगतिका विरुद्ध अब प्रदेश सभामा आवाज उठाउने कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले बताए । अहिलेसम्म राष्ट्रिय सडक सञ्जालले नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा चिनिएको हुम्लाका जनतालाई रेल पुर्याउने झुट्टा आस्वासन भन्दा पनि गाडीको आवश्यकता रहेकाले सरकाले रेल ल्याउनेकुरा गरेर समय खर्च गर्नुको सट्टा हुम्ला जिल्लालाई छिटो भन्दा छिटो राष्ट्रिय सडक संजालसंग जोड्नतिर लाग्नु पर्ने नेता शाहीले बताए।

६ सय काँग्रेस कार्यकर्ताको उपस्थिति रहेको बिरोध सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य शाहीका अतिरिक्त हुम्ला सभापती जयपती रोकाया, नेता मंगलबहादुर शाही र पुर्ब सांसद रीता शाहीले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close