हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग

घरेलु तथा लैंगिक हिंसामा परेका महिलाहरुलाई ‘स्टोरिज अफ नेपाल’को तर्फबाट आर्थिक सहयोग गरिएको छ । आवाज संस्थाले ‘स्टोरिज अफ नेपाल’बाट प्राप्त आर्थिक सहयोगले ७ हजार रुपैयाँका दरले १३ जना महिलाहरुलाई हस्तान्तरण गरेको हो ।

हिंसामा परेका महिलाहरुलाई कोभिड महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको अवस्थामा उनीहरुको जिवीकोपार्जनमा परेको थप जटिलतालाई मध्यनजर गर्दै बालअधिकारकर्मी कौशिला चन्दको पहल तथा समन्वयमा उक्त आर्थिक सहयोग जुटाईएको हो ।
आइतबार उनीहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

विगत लामो समयदेखि महिला तथा बालवालिकामाथी हुने घरेलु तथा लैगिंक हिंसाको क्षेत्रमा काम गरिरहेको आवाज संस्थाले आफ्नो सम्पर्कका आएका सेवाग्राहीहरुको अभिलेखका आधारमा हिंसा पिडितसँगै आर्थिक हिसाबले पनि विपन्न अवस्थामा रहेका र तत्काल सहयोग गर्नुपर्ने अवस्थामा रहेका महिलाहरु छनोट गरी यो सहयोग प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक सुशिल कार्कीले जानकारी दिए ।
‘यसरी समस्यामा परेका महिला दिदीबहिनीहरुलाई महामारीको बेलामा सहयोग जुटाउन समन्वयकारी भुमिका निवार्ह गर्ने बालअधिकारकर्मी चन्द र स्टोरिज अफ नेपालप्रति आभारी छौं’ कार्कीले भने । यस्तै स्टोरिज अफ नेपालले जाजरकोटका स्थानीय अभियानकर्ता जनक केसीको अगुवाई र चन्दको समन्वयमा नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा ५/५ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।
जाजरकोटकै भेरी नगरपालिकाका आर्थिक रुपले विपन्न दलित समुदायका ५५ घरपरिवारलाई खाद्यान्न तथा सरसफाईका सामाग्री सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close